Rule 14
निर्देशन दिन सक्ने

(१) बोर्ड वा बजार संरक्षण अधिकृत वा उपसमितिले निरीक्षण, जाँचबुझ, खानतलासी, अनुसन्धान वा तहकिकातको सिलसिलामा कुनै व्यक्ति वा प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) बोर्ड वा बजार संरक्षण अधिकृत वा उपसमितिले उपनियम (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित व्यक्ति वा प्रतिष्ठानको कर्तव्य हुनेछ ।
(३) उपनियम (१) बमोजिम बजार संरक्षण अधिकृतले दिएको निर्देशन उपर चित्त नबुझ्ने व्यक्ति वा प्रतिष्ठानले त्यस्तो आदेश पाएको मितिले पन्ध्र दिनभित्र बोर्ड समक्ष उजुरी दिन सक्नेछ र त्यस्तो उजुरीको सम्बन्धमा बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त निर्णय गर्नु पर्नेछ ।